बाग्मती प्रदेशमा थपिए ४६४ कोरोना संक्रमति, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा एकैपटक ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३०० सहित काभ्रेमा २ जना, चितवन २० जना, दोलखामा २ जना, धादिङमा ८ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ५८ जना, मकवानपुरमा २४ जना, रामेछापमा ८ जना, ललितपुरमा ३८ जना र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बितेको २४ घण्टामा प्रदेशभर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना भाइरस ‘कोभिड(१९’ संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो । काठमाडौं र पर्सामा २/२ जना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६२ र सुनसरीमा ७० वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जनामा संक्रमण देखिएको मत्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनासमेतगरी देशका विभिन्न स्थानमा गरिएको परिक्षणबाट थपिएका ९०२ जनासमेत गरी नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

 

यो पनि
प्रदेश १ मा थप १२१ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?