नेपालमा कोरोना अपडेट : कहाँ कति थपिए संक्रमित र मृतक (जिल्लागत विवरण)

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो । काठमाडौं र पर्सामा २/२ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६२ र सुनसरीमा ७० वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जनामा संक्रमण देखिएको मत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनासमेतगरी देशका विभिन्न स्थानमा गरिएको परिक्षणबाट थपिएका ९०२ जनासमेत गरी नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

आज २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा २ हजार ८ सय १६, प्रदेश नम्बर २ मा ९ हजार ५ सय २३, बाग्मती प्रदेशमा ५ हजार ४ , गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय ५१, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरी आजसम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् ।

आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ६ सय ६४, प्रदेश नम्बर २ मा ३ सय ५३, बाग्मती प्रदेशमा ४ हजार ३ सय ५३ र गण्डकी प्रदेशमा ७ सय ५७ जना, प्रदेश नम्बर ५ मा ८ सय ९०, कर्णाली प्रदेशमा ३ सय ६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ३० जना गरी देशभरी ८ हजार ५३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ४०, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बाग्मती प्रदेशमा २ हजार ४ सय २९ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ८४, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १ सय २२ जना गरी देशभरी ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन । १ सय ४४ जना आइसियु र २३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

कहाँ कति थपिए विवरणको लागि स्वास्थ्य मन्त्रालयको यो ग्राफ हेर्नुहोस् : 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ८७ हजार पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?