काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमबाट सिर्जना भएको मनोसामाजिक समस्याहरुको सम्बोधनका लागि तत्काल योजना बनाएर अघि बढ्नका लागि विज्ञहरुसँग छलफल गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा मनोसामाजिक समस्याहरुको संबोधनका तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने कुरामा जोड दिएका छन् ।

आजको भेटघाटमा प्रा.डा सुदर्शन नरसिह प्रधान, डा पशुपति महत, प्रा.डा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा रितेश थापा, डा सगुन पन्त, डा अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा रोशन पोखरेल लगायत छलफलमा सहभागी भएका थिए ।
सल्लाहकार थापाका अनुसार सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीले आमन्त्रण गरेर सल्लाह सुझाव लिएकोमा धन्यवाद समेत दिएका थिए ।

“कोभिड-१९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया