शोकमा बलिउड : ‘बाथरुम’मा भेटिएको थियो अभिनेता जय प्रकाश रेड्डीको शव

काठमाडौं । तेलेगु सिनेमामा पपुलर एक्टर जय प्रकाश रेड्डीको आज विहान निधन भएको छ । उनको ७४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

मंगलवार बिहान बाथरुममा छिरेका उनको शव त्यहि भेटिएको थियो । आन्ध्र प्रदेशस्थित आफ्नै घरमा रहेका उननी हृदयघातका कारण बाथरुममा लडेका थिए ।

त्यहीँ उनको निधन भएको हो । उनको निधनले सारा बलिउड नै शोकमा डुबेको छ । अभिनेता महेश बाबु देखि जेआर एन्टीआरसहित अन्य अभिनेताहरुले उनको निधनमा दुख जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?