बैंकमा उभिएकालाई कोरोना लाग्दैन ? निषेधाज्ञामा पनि यस्तो भिड (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं । कोरोना जोखिम न्यूनिकरणका लागि जारी निषेधाज्ञाको समयमा विभिन्न ठाँउमा मानिसहरुको भिड लाग्ने क्रम रोकिएको छैन् । बैंक तथा वित्तीय संस्था, तरकारी बजार तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा सामाजिक दूरी कायम गरी सेवा लिने दिने भनिएपनि बग्रेल्ती रुपमा मानिसहरुको भिडभाड बाक्लिन थालेको छ ।

हामी एनएमबी बैंक र ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखामा पुग्दा मानिसहरुको बाक्लो भिड लागेको थियो । त्यहाँ उपस्थित केही मानिसहरुले भने मास्क समेत प्रयोग गरेका थिएनन् । भने बैंक बाहिर लागेको भिडलाई मिलाउनको लागि त्यहाँका सुरक्षागार्डलाई समेत हम्मेहम्मे परिरहेको थियो ।

यी त भए केही प्रतिधिनि उदाहरण मात्र । पछिल्लो समय अन्य बैंकका पनि प्राय जसो शाखा कार्यालयहरुमा सेवाग्राहीको बाक्लो भिड लाग्ने गरेको पाइएको छ । त्यसमा एक त त्यहाँ आउने सेवाग्राहीहरुको गल्ति देखिन्छ भने अर्को त बैंकहरुको समेत कमजोरी देखिन्छ ।

 केहि तस्वीरहरु : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?