चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड-१९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलवार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरेका छन् ।

बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उनले मंगलवार बिहान सम्बोधन गर्नु हुने क्रममा प्रशंसा गर्नु भएको समाचारमा जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण शुरु भएको थियो

उक्त समयबाट शुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलवार जनाएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा ८५ हजार १४४ कोरोना भाइरस संक्रमित भएका थिए ।

यस संक्रमणबाट चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो ।चीनमा ८० हजार ३३५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल चीनमा ११५ जनामा मात्र कोरोना भाइरस संक्रमण रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?