विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ ‘स्पूतनिक-भी’ आम मानिसका लागि ‘रिलिज’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन हजारौँ मानिसहरुले ज्यान गुमाईरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच रुसले गत अगस्ट ११ तारिखमा विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वयं उक्त भ्याक्सीन आफ्नी छोरीले लगाएको बताएका थिए । स्पूटनिक भी नाम दिइएको उक्त भ्याक्सीन आम सर्वसाधारणको लागि रिलिज गरिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो । तर कसरी मानिसहरुमा पुर्याइने छ भन्ने बारेमा भने जानकारी गराइएको छैन ।

यो भ्याक्सीन रुसको गामलेया नेशनल रिसर्च सेन्टर अफ इपिडेमियोलोजी र रशियन डाइरेक्ट इन्भेस्टमेण्ट फण्डले मिलेर बनाएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?