काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा सेक्टरमा वास्तविक नियन्त्रण रेखाको नजिक भारत र चीनका सैनिकहरुको बीचमा फायरिङ भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सरकारसँग जोडिएको सूत्रले यो जानकारी दिएको हो ।

अहिले भने स्थिती नियन्त्रणमा रहेको छ । दुबै देशको बीचमा लामो समयदेखि तनाव बढ्दै गईरहेको छ ।
गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्लो झडप २९ अगस्टमा १ भारतीय सैनिकको ज्यान गएको थियो ।
सन् १९७५ पछि यो पहिलो पटक सीमामा फायरिङ भएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया