काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ८ लाख ९६ हजार ७९३ जनाको मृत्यु भएको छ भने २ करोड ७४ लाख ८४ हजार ५७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै १ करोड ९५ लाख ८५ हजार १४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार २२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसबाट प्रभावित देशको पहिलो नम्बरमा रहेको अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ९३ हजार ५३४ जनाको मृत्यु भएको छ भने ६४ लाख ८५ हजार ५७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३७ लाख ५८ हजार ६२९ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३३ हजार ४१२ जना उपचाररत छन् । त्यस्तै १४ हजार ५८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १३ हजार ७६३ जनाको मृत्यु भएको छ भने ७ लाख ४१ हजार ४८६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ६८ हजार ७८७ जनालाई संक्रमण भएको छ भने १३ हजार ८१९ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ४८ हजार २६९ जनालाई संक्रमण भएको छ भने ११ हजार ८७१ जनाको मृत्यु भएको छ । अमेरिकामा सोमवार मात्रै २५ हजार ३२५ जना संक्रमित थपिएका छन् ।
यो संख्या जून १४ यताकै सबैभन्दा थोरै हो । त्यस्तै अमेरिकामा सोमवार मात्रै २८६ जनाको मृत्यु भएको छ । यो संख्या जुलाई ५ यताकै सबैभन्दा कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया