कोरोना कहर : भारतमा झनै बढ्न थाले कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ८ लाख ९६ हजार ७९३ जनाको मृत्यु भएको छ भने २ करोड ७४ लाख ८४ हजार ५७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै १ करोड ९५ लाख ८५ हजार १४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार २२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसबाट प्रभावित देशको दोश्रो नम्बरमा रहेको भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ७२ हजार ८१६ जनाको मृत्यु भएको छ भने ४२ लाख ७७ हजार ५८४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख २१ हजार ४२० जना संक्रमण मुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जना उपचार गराईरहेका छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा सोमवार मात्रै ७५ हजार २२ जना संक्रमित थपिएका छन् भने १ हजार १२९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?