यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ९४ हजार ५ सय ३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७३ लाख ९० हजार ६६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९४ लाख ५६ हजार ६ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार १ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९३ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ३ सय ४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ७२ हजार ५ सय ५४ पुगेको छ । हालसम्म ३७ लाख ३४ हजार ५ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ६ सय ३८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ३ सय २१ पुगेको छ । बितेको २४ घण्टामा ४९ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ लाख ५१ हजार ५ सय ७ पुगेको छ । हालसम्म ३२ लाख ९ हजार ८ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ३४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४१ लाख ३९ हजार २ सय ५७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २६ हजार ७ सय ३६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३३ लाख १७ हजार २ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ५० जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ८ सय ७१ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय ८५ जनामा कोरोना पुष्टि भएको र ५१ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ३० हजार ६ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ४३ हजार २ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २९ हजार ८ सय ३८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ८९ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख १५ हजार ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?