काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ९४ हजार ५ सय ३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७३ लाख ९० हजार ६६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ९४ लाख ५६ हजार ६ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार १ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९३ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ३ सय ४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ७२ हजार ५ सय ५४ पुगेको छ ।
हालसम्म ३७ लाख ३४ हजार ५ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ६ सय ३८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया