काठमाडौं । नेपालमा कोरोनाको कारण पहिलोपटक सञ्चारकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष बनारसी बर्मा रहेका छन् ।
पछिल्लो समय नेपालमा सञ्चारकर्मीहरुमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
कोरोना महामारीको जोखिमका बेला पनि बाहिर रिपोर्टिङ तथा समाचार संकलनको लागि जानु पर्ने भएकाले सञ्चारकर्मीहरुमा कोरोनाको जोखिम बढि हुने गर्दछ । त्यस्तै कोरोनाको जोखिम न्यूनिकरणका लागि अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया