नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको छ । त्यससँगै कुल मृतक संख्या ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलाहरुमा काठमाडौंका तीन जना ३७, ९० र ८३ वर्षीया त्यस्तै कास्कीकी ६३ वर्षीया महिला रहेकी छिन् ।

त्यस्तै मृत्यु हुने पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिरहाका २ जना ८७ वर्षीय र ६२ वर्षीय, सर्लाही ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरको ३९ वर्षीय र बाँकेको ५९ वर्षीय रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ६५ प्रतिशत अर्थात ३० हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ७ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?