काठमाडौं । नेपालमा आज (सोमवार) एकैपटक ९७९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्ला
- काठमाडौं
- ललितपुर
- पर्सा
- रौतहट
- मोरङ
- बारा
- सर्लाही
- धनुषा
- चितवन
- रुपन्देही
- सुनसरी
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६५ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया