काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण दिनदिनै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनेका छन् ।
वैज्ञानिकहरु अहोरात्र कोरोना विरुद्धको भ्याक्सीन बनाउन खटिएका छन् तर अहिलेसम्म पूर्ण रुपमा सफलता हात पार्न सकेका छैनन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच केहि समय अगाडि वैज्ञानिकहरुले कोरोना संक्रमित भएकाहरुको फोक्सोमा धेरै असर पुग्ने बताएका थिए ।
संक्रमणले फोक्सोमा धेरै असर पुर्याउने बताएका थिए । तर हालै भएको एक नयाँ स्टडीमा कोरोना संक्रमित भएर क्षतिग्रस्त भएका फोक्सोहरु ३ महिना पछि आफै ठीक हुँदै गएको कुरा पत्ता लागेको छ ।

कोरोनाबाट गम्भीर बिरामी भएकाहरुको फोक्सोले आफैँ मर्मत गर्दै जाने कुरा पत्ता लागेको छ ।
ब्रिटिश टेलिग्राफको रिपोर्टका अनुसार करिव तीन महिनामा कोरोना संक्रमित बिरामीहरुको फोक्सोले आफैँ मर्मत गर्दै जाने बताइएको छ ।

ट्रायलमा कोरोना संक्रमित बिरामीहरुमा करिव आधा संक्रमित निको भएको १२ हप्ता पछि उनीहरुको फोक्सोले आफै काम गर्न थालेको बताइएको छ ।

स्टडीमा अष्ट्रेलियामा ८६संक्रमितको अध्ययन गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया