चीन-भारत सीमामा शहीद भएकाको यसरी भयो अन्त्येष्टि (भिडियो)

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत २९ अगस्टमा भएको हिंसात्मक झडपमा शहीद भएका एक जवानको अन्तिम संस्कार गरिएको छ ।

Imageभारत चीन बोर्डमा शहीद भएका स्पेशल फ्रन्टियर फोर्सका कमाण्ड नाइमा तेनजिंग (५१) को आज लेहमा सैन्य सम्मानको साथ अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Image

भारतीय जनता पार्टी (भाजपा) का महासचिव समेत सहभागी भएर उनलाई अन्तिम श्रद्धाञ्जलीसहित सैन्य सम्मनबाट उनको अन्तिम संस्कार गरिएको हो ।

Image

यो भन्दा पहिला गत जूनको १५ तारिखमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

त्यसको ७५ दिनपछि फेरि चीन र भारतका सैनिकको बीचमा झडप भएको थियो । जसमा एक भारतीय सैनिकको निधन भएको थियो ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://dainik-b.in/X5vcuVoVz9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?