काठमाडौं । सोमवार कतारबाट थप १ जना ४१ नेपाली स्वदेश फर्किएका छन् ।
कोरोनाको कारण सिर्जित असहज परिस्थितीका कारण फर्किैनैपर्ने अवस्थाका १४१ नेपालीहरु स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
यसअघि दोहाबाट मात्र ३३ वटा उद्धार उडान भएका थिए । आज ३४ औँ उडानमार्फत दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको H95632 मार्फत नेपालीहरु स्वदेश फर्किएका हुन् ।
उनीहरुको लागि यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासको तर्फबाट ड्यूटी अफिसरको उपस्थिती रहेको समेत दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया