भाइबरद्वारा १ लाख ८५ हजार प्रयोगकर्ताको मत सर्वेक्षणको परिणाम प्रकाशित

काठमाडौं । सहज एवं निःशुल्क सञ्चारको लागि उपयोगी एप राकुटेन भाइबरले आफ्नो विश्वव्यापी मत सर्वेक्षणको परिणाम प्रकाशित गरेको छ । जुन सर्वेक्षणमा करिब १८५,००० मानिसहरु सहभागी भएका थिए । विश्वभरका २४ राष्ट्रहरुमा गरिएको मत सर्वेक्षणले देखाए अनुसार सहभागीहरुले अत्यधिक मात्रामा सञ्चार सहजीकरण गर्न प्रमुख इ–लर्निङ्ग उत्पादनहरु सँगसँगै यो प्लेटफर्म उपयोग गरिरहेको पाइएको भाइवरले जनाएको छ ।

भाइवरका अनुसार आश्चर्यजनक रुपमा ७० प्रतिशतभन्दा बढी प्रयोगकर्ताहरुले यो बताएका छन् कि आउँदा वर्षहरुमा स्कूल अवधिभर अभिभावक वर्ग, शिक्षकशिक्षिका वर्ग र विद्यार्थीहरु तीनवटै समूहलाई एकआपसमा जोडिराख्न उनीहरुले भाइबर प्रयोग गर्नेछन् ।

कोभिड–महामारीले उग्ररुप लिएको महिनौं भैसकेको छ र विश्वभर अझैपनि विद्यालयहरु कसरी शैक्षिक सत्र अगाडी बढाउने भनेर अलमल्ल नै रहेको पाइन्छ । धेरै देशहरुमा विद्यार्थीहरु स्वयम् विद्यालयमा उपस्थित हुनेछन् र साथीभाइहरुबीच सामाजिक दूरी कायम राख्दै अघि बढ्नेछन् ।

अन्य विद्यार्थीहरुले हाइब्रिड मोडल उपयोग गर्नेछन् अथवा पूर्णतया दूरी राखि चल्नेछन्, जुन विकल्प धेरै लोकप्रिय साबित भएको छ । भाइबरको मत सर्भेक्षण अनुसार ७५ प्रतिशत सहभागीहरु नयाँ शैक्षिक सत्र दूरी राखि शुरु गर्नु पर्ने बताउँछन् ।

जे भएपनि सबै मोडलहरुमा शैक्षिक विकासको लागि आवश्यक नयाँ विधिहरु आवश्यक पर्नेछ जसले सम्भव भएसम्म सामान्यताको संरक्षण गरोस् तथा बालबालिकाहरुलाई चाहिने स्रोतहरुसम्म उनीहरुको पहुँच भएको सुनिश्चित्ता दिलाउन सकोस् । भाइबरले विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुलाई चाहे अफलाइन होस् वा अनलाइन, घरमा होस् या कक्षा कोठामा, जहाँ जस्तै समयमा पनि एक बहुमुल्य उपकरणको रुपमा सेवा प्रदान गरिरहेको भाइवरले जनाएको छ ।

भाइवरका अनुसार सरदर २२ प्रतिशत सहभागीहरुले शैक्षिक उद्देश्यहरुका लागि भाइबरको प्रयोग एक प्राथमिक उपकरणको रुपमा मोबाइल/ट्याबलेट र डेस्कटप दुवैमा गर्ने गरेको बताएका छन् । यही अवस्था रुसको पनि रहेको छ भने फिलिपिन्स, म्यानमार, हँगेरी र युक्रेनमा यो अवस्था क्रमशः झण्डै ५६ प्रतिशत, ६२ प्रतिशत, २७ प्रतिशत, २३ प्रतिशतको हाराहरीमा धेरै रहेको पाइएको छ, यसैगरी उनीहरुले शैक्षिक उद्देश्यका लागि भाइबरको दुवै संस्करण प्रयोग गर्ने गरेको पनि बताएका छन् । यस्तै पश्चिमेली युरोपियन राष्ट्रहरु बेलायत, फ्रान्स र जर्मनीका साथसाथै एशिया प्यासिफिक क्षेत्र, मध्य पूर्व र उत्तर अफ्रिकाका देशहरु लगायत अन्य देशहरुमा पनि सर्भेक्षण संचालन गरिएको थियो ।

नेपालमा भाइबरले गरेको सर्वेक्षणले देखाए कि प्रमुख ७०.९ प्रतिशतले नयाँ स्कूल वर्षमा भाइबर एप मोबाइल अथवा ट्याब्लेट उपकरणहरूमा प्रयोग गर्नेछन् ।

सर्भेक्षणमा संलग्न अधिकाँश सहभागीहरुले आउँदो विद्यालय सत्रमा विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुसँग मात्र नभई अभिभावकहरुसँग पनि सञ्चार आदानप्रदान गर्न भाइबर नै प्रयोग गर्ने बताएका छन् । भाइबरको बहुल गुणयुक्त प्लेटफर्ममा भिडियो च्याटदेखि ग्रुप च्याट र सर्भेक्षणहरुसम्मका सेवाहरु उपलब्ध छन् । भाइबरमा टप–नच इन्क्रिप्सनद्वारा सुरक्षा प्रदान गरिएको छ, जसले गर्दा यो अनलाइन वा अफलाइन दुवै शैक्षिक प्रक्रियालाई साथ दिने एक शक्तिशाली पूरक उपकरण बनेको छ ।

“एक वर्ष अघिसम्म दूर शिक्षाको अवधारणाले पूर्ण रुप लिन अर्को १० वर्ष वा त्योभन्दा बढी समय लाग्न सक्ने देखिएको थियो । यसैबीच महामारी फैलियो र यो रातारात हुन पुग्यो । म एक अभिभावक पनि भएकोले मेरो बच्चाहरुसँग कुराकानी गर्न म सधैं भाइबर नै प्रयोग गर्छु । बितेको केही महिनाभरी हामीले धेरै अभिभावकहरु, विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुले शैक्षिक उद्देश्यका लागि अनलाइन वा भौतिक रुपमा एक आपसमा कुराकानी गर्न भाइबर प्रयोग गरेको देखेका छौं ” राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले भने ।

भाइबरमा अन्य नयाँ विशेषताहरु आउँदा दिनहरुमा अझै थपिँंदै जानेछन्, जस्तै मतहरुका लागि क्वीज मोड ( अहिले शुरु भएको), माइ नोट्समा सम्झना दिलाउने रिमाइण्डर र विस्तारित मिडिया ग्यालरी । गएको अन्तिम शैक्षिक सत्रतिर भाइबर विश्वभर विभिन्न शैक्षिक उद्देश्यहरुका लागि व्यापक रुपमा प्रयोगमा आइसकेको थियो । भाइबरले यो वर्षको शुरुतिर आन्तरिक रुपमा संचालन गरेको अनुसन्धान बमोजिम गएको विद्यालय सत्रको अन्त्यतिर मध्य र पूर्वीय युरोपका आठ राष्ट्रका ६५ प्रतिशत शिक्षकहरुले उनीहरुले भाइबरलाई कक्षाहरुका माझ सञ्चार आदानप्रदानमा साथ दिने एक उपकरणको रुपमा प्रयोग गरेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?