जब १९७ फीट माथि हावामा २० जना मानिस एक घण्टासम्म उल्टो सुते.. (फोटोसहित)

काठमाडौं । चीनको जियान्शु प्रान्तको वुशीमा २० जना मानिस एक घण्टासम्म हावामा उल्टो सुतेका छन् ।

 China People hanging upside down on rollercoaster

उनीहरु रोलरकोस्टर राइटको मज्जा लिन गएका थिए तर त्यति ठूलो उचाईमा पुगेपछि अड्किएका हुन् । यो घटना वुशीको सुनाक पार्कको हो ।

 China People hanging upside down on rollercoaster

एक घण्टासम्मको डरलाग्दो दृश्यपछि उनीहरु सबै सुरक्षित रोलरकोस्टरबाट उत्रिएका थिए ।

 China People hanging upside down on rollercoaster

यो घटनाको कारण पार्कले माफी मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यसपछि पार्क पनि बन्द गरिएको छ ।

 China People hanging upside down on rollercoaster

ग्लोबल टाइम्सको यो रिपोर्टका अनुसार पार्कमा यो नै पहिलो घटना होइन । यो भन्दा पहिला पनि सन् २०१९ मा यस्तो घटना भएको थियो ।

 China People hanging upside down on rollercoaster

रोलरकोस्टर मानिसले भरिएको थियो । र हावामा गएर पछि अट्किएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?