काठमाडौं । शुक्रवार केहि रिपोर्ट र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा ताइवानले चिनियाँ फाइटर जेट खसालेको कुरा भाइरल नै बन्यो ।

शुरुमा ताईवानले पनि आफूले नै अमेरिकी मिसाइलको सहयोगमा चिनियाँ फाइटर जेट खसालेको दाबी गरेको थियो । तर त्यसको केहि घण्टा पछि पुनः ताईवानले आफ्नो दाबी फिर्ता लिँदै आफूले कुनै पनि फाइटर जेट नखसालेको स्विकार गरेको थियो ।

त्यसपछि चीन भने उक्त समाचार अफवाह भएको भन्दै भडिकएको छ । यसैबीच चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यमहरुले यो अफवाह फैलाएको बताएको छ ।

उसले आफ्नो रिपोर्टमा यो सबै प्रोपोगाण्डा भारतीय मिडियाको भएको बताएको हो । साथै उसले भारतीय सञ्चारमाध्यमको गलत रिपोर्टले ताइवानबीचको माहोल नराम्रो बनेको बताएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया