जसले मृत्यु भन्दा ८५ वर्ष पहिला गरेका थिए २०२० को यस्तो भविष्यवाणी…

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित भएका छन् ।

वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात पार्न सकेका छैनन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबीच बाबा वेंगाको भविष्यवाणी अहिले सत्य साबित भएको छ । उनले आज भन्दा ८५ वर्ष पहिला विश्वमा महामारी आउने चेतावनी दिएका थिए ।

१२ वर्षको उमेरमा आफ्नो आँखा गुमाएका बाबा वेंगाले वल्र्ड ट्रेडमा भएको आतंककारुी हमला, राजकुमारी डायनाको मृत्यु र प्राकृतिक विपत्ति जस्ता घटनाको भविष्यवाणी गरेका थिए ।

जो सत्य साबित भएको थियो । उनले २०२० मा  पनि भयंकर महामारी आउने बताएका थिए ।

जो अहिले भईरहेको छ । उनले २०२० मा चीन सारा विश्व्को महाशक्ति बन्ने र भारत र रुसले पनि संसारमा आफ्नो छाप छोड्ने बताएका थिए ।

उनी १९११ मा जन्मिएका थिए भने १९६६ मा उनको देहान्त भएको थियो । उनले मृत्युपूर्व १०० भविष्यवाणी गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?