१६ आश्विन २०७९, आईतवार

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

२०७४,आश्विन,९,सोमवार ०९:०८

0
Shares

काठमाडौँ, ९ असोज।सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ ।आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिक बाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा आजको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनुभएकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग््याइने छ ।सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०९:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । छोयला भन्ने वित्तिकै नेवारी खाजाको झ–झल्को आइहाल्छ । छोयलाबिनाको नेवारी खाजा अपुरो मानिन्छ । विशेषत: नेवारी समुदायबाट आएको

काठमाडौं । दसैँको समयमा प्रायको घरमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैँमा मासुको खपत अत्याधिक हुने गर्छ

भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न

ताजा समाचार

दसैँ पर्व : हराउँदै मौलिक संस्कृति
 २०७९,आश्विन,१६,आईतवार २०:२३
घरमै यसरी बनाउनुहोस् होटलको जस्तै छोयला
 २०७९,आश्विन,१६,आईतवार १८:३३
दिनमा कति मासु खाने ?
 २०७९,आश्विन,१६,आईतवार १८:००