विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५ हजार ९ सय ३९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७२ लाख १६ हजार ५ सय १ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९२ लाख ९९ हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार १ सय ६८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९३ हजार २६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ७ सय ७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ४५ हजार ८ सय ५९ पुगेको छ । हालसम्म ३७ लाख १२ हजार ९ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ९ सय ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७१ हजार ७ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४१ लाख ९७ हजार ५ सय ६३ पुगेको छ । हालसम्म ३२ लाख ४२ हजार ७ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ६० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म ४१ लख २३ हजार जनामा कोरोना संक्रमण फैलिकएको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २६ हजार २ सय ६६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३२ लाख ९६ हजार ७ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ८ सय २० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय ९५ जनामा कोरोना पुष्टि भएको र ६१ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख २५ हजार ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ४० हजार ९ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २९ हजार ६ सय ८७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ८३ हजार ७ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ६ हजार ४ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?