काठमाडौं । ललितपुरका मेयर चिरिबाबु महर्जनलाई धम्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनराइज अपार्टमेन्ट बस्ने ४३ वर्षीय सञ्जय शाक्य रहेका छन् ।
रथ यात्रा गर्न नदिएको भन्दै मेयर शाक्यलाई धम्क्याएको आरोपमा आइतवार ललितपुरको नख्खुबाट उनी पक्राउ परेका हुन् । शाक्यसहित पुल्चोकमा रातो मछिन्द्रनाथक रथ तान्ने क्रममा भएको झडपमा प्रकरणमा प्रहरीले १७ जनालाई गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।
प्राप्त जानकारी अनुसार यूट्युबमा दिएको अन्तर्वार्ताका क्रममा पक्राउ परेका शाक्यले मेयरलाई धम्क्याएका थिए । उनीसहित १७ जनालाई नै अभद्र व्यवहार अन्तर्गतको मुद्धामा सात दिनको म्याद थप गरि हिरासतमा राखिएको छ ।
पछिल्लो समय काठमाडौैं उपत्यकाका तीन वटै जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमण बढिरहेका कारण प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेकै अवस्थामा गत बिहीवार ठुलो संख्यामा सडकमा निस्किएका युवाहरुले मछिन्द्र नाथको रथ तानेका थिए । सो क्रममा भीड नियन्त्रणमा खटिएका प्रहरी निरीक्षकसहित १८ जनामा कोरोना पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया