चौधरी ग्रुपको एकै उद्योगका ४२ कर्मचारीमा देखियो कोरोना

 

काठमाडौं । चौधरी ग्रुपको एक चाउचाउ उद्योगमा कार्यरत ठुलो संख्याका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतवार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

यसअघि पनि त्यहाँका कर्मचारीहरुमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

गत भदौ १२ गते चौधरी ग्रुपका मालिक विनोध चौधरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शनिवार उनी कोरोना मुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?