चीनले अन्तरिक्षबाट फिर्ता भएको ‘यान’ धर्तीमा ‘ल्याण्ड’ गरेर रच्यो इतिहास

काठमाडौं । चीनले एक नयाँ स्पेसक्राफ्टलाई अन्तरिक्षमा पठाएर फेरि धर्तीमा ल्याण्ड गराउन सफल भएको छ । तर यो प्रोजेक्टसँग जोडिएका धेरैजासो कुरा सार्वजनिक गरेको छैन ।

China spacecraft

साउथ चाइना मर्निङ पोस्टका अनुसार प्रोजेक्टसँग जोडिएका स्टाफलाई लञ्चिङको भिडियो नबनाउन आदेश दिइएको थियो । साथै अनलाइन चर्चा नगर्न पनि बताइएको थियो ।

China spacecraft

करिव तीन वर्ष पहिला चीनले अन्तरिक्षमा पटक पटक पठाउन सकिने अन्तरिक्ष यान बनाउने काम शुरु गरेको थियो । चीनको लक्ष्य यस्तो स्पेसक्राफ्ट बनाउनु थियो, जो विमानको जस्तै बारम्बार अन्तरिक्षमा पठाउन सकियोस् ।

China spacecraft

रिपोर्टका अनुसार चीनले नयाँ स्पेसक्राफ्टलाई शुक्रवार जिउकुआन स्याटेलाइट लञ्च शेयरबाट लञ्च गरेको थियो । लङ मार्च २एफ क्यारियर रकेटको माध्यमबाट यो लन्चिङ गरिएको थियो । आईतवार अन्तरिक्ष यान फेरि ल्याण्ड गर्न सफल भएको हो ।

China spacecraft

चीनले यो पुरा मिशनलाई धेरै सीक्रेट राखेको छ । लञ्चिङका लागि जम्मा भएको भिजिटर्सलाई भिडियो वा फोटो नखिच्न आदेश दिइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?