काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका व्यवसायीहरुलाई उनको सरकारी निवास बालुवाटार बोलाएका छन् । प्रम ओलीले समसामयीक विषयहरुमा छलफलका लागि निजी क्षेत्रका व्यवसायीहरुलाई बोलाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीन/तीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले लोकपथलाई जानकारी दिए । उनका अनुसार साँझ साढे ५ बजे प्रधानमन्त्री ओलीले उनीहरुलाई भेट्नेछन् ।
आजको छलफलमा कोरोनाको कारण अर्थतन्त्रमा परेको असर साथै भावी दिनहरुमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया