काठमाडौं,ललितपुर र भक्तपुरसहित यी १२ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित 

काठमाडौं। नेपालमा आज (आईतवार) ९८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार नेपालका १२ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका १२ जिल्ला
काठमाडौं
ललितपुर
भक्तपुर
पर्सा
रौतहट
मोरङ
बारा
सर्लाही
धनुषा
चितवन
रुपन्देही
सुनसरी
त्यस्तै, नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।
नेपालमा कुल संक्रमित मध्ये ६३ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?