बीएण्डसी अस्पतालमा कार्यरत चिकित्सक नर्ससहित १२ जनामा देखियो कोरोना

काठमाडौं । झापाको बीएण्डसी अस्पतालमा कार्यरत चिकित्सक नर्ससहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको सम्पर्कमा बसेका व्यक्तिहरुमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संक्रमण पुष्टि हुनेहरुमा चिकित्सक, नर्ससहित अन्य बिरामीहरु समेत रहेका छन् । पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणको अग्र मोर्चामा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?