काठमाडौं । अस्ट्रेलियामा जन्मिएको इंग्ल्याण्डका प्रथम श्रेणीका क्रिकेटर मिच क्लेडनलाइ बलमा स्यानिटाइजर लगाएपछि उनको काउन्टी टिम ससेक्सले निलम्बन गरेको छ ।

३७ वर्षका दायाँ हाते तीव्र गतिका बलर मिच क्लेडनमाथि मिडिलसेक्सकोविरुद्ध गएको महिनामा भएका म्याचमा बलमा स्यानिटाइजर लगाएको आरोप लागेको थियो ।

उनले उक्त म्याचमा तीन विकेट लिएका थिए । इंग्ल्याण्ड एवं वेल्स क्रिकेट बोर्डले यस मामिलाको जाँच शुरु गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया