डोल्पामा केन्द्र बिवादः एउटै नगरको दुई कार्यालय

डोल्पाको ठुलीभेरी नगरपालिकाको केद्र बिवादका कारण एउटै नगरका दुईवटा कार्यालय रहने भएकोछ ।फागुन १६ गते दुनैमा रहेको गरापलिकाको केन्द्र जुफाल सारिएको सुचना राजपत्रमा प्रकाशित भएपछि नगरको केन्द्र जुफाल सरेपछि जुफालमा कार्यालय स्थापना भईसकेको छ ।केन्द्र सरेसंगै १७ फागुनबाटै सर्वसाधारणले जुफालबाटै सेवा लिईरहेको वडा नं ९ अध्यक्ष बिर्मल भण्डारीले बताए । उनले भने ‘तपाईहरु झुक्किनु पर्दैन्,अब जनताले जुफालबाटै सेवा पाउनेछन्’ ।यता उक्त नगरपालिकाका उप प्रमुख योगेन्द्र बहादुर शाहीको अध्यक्षतामा मंगलबार बेलुकी ८ पैतालिस बजे सदरमुकाम दुनैमा गरिएको जनप्रतिनिधि सहितको आकस्मिक पत्रकार सम्मेलनमा नगरको केन्द्र दुनैनै रहेकाले जनतालाई सेवा लिन अन्योलमा नपर्न आग्रह गरेका छन ।त्यसैगरि नगरप्रमुख गणेशबहादुर शाहीले असार ३१ मा गरेको निर्णय जालसाजी र किर्ते भएकोले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकोले मंगलबार कुल ५२ सदस्यको २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारी गराउदै आजैका मितिबाट ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने नगरसभाले निर्णय गरेको उप प्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए ।सदरमुकाम दुनैमा रहेको उक्त नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामबासी एकसाता देखि आन्दोलनमा रहेका थिए ।केन्द्र सारेको बिरोधमा एकसाता देखि जारी आन्दोलका कारण बन्द भएको दुनै बजार आज बिहान देखि खुलेको छ ।बन्दका कारण शैक्षिक स“स्था,बैङ्किङ कारोवार,दैनिक उपभोग्य बस्तुहरुको आपुर्तीमा,सरकारी तथा गैह्र सरकारी कार्यलयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्येनजर राख्दै आज देखि बन्द खुलाईएको संघर्ष समिति डोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?