आज पनि घट्यो सुनको मूल्य

काठमाडौं – केहि दिनदेखि घटिरहेको सुनको बजार मूल्य आइतबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन तोलाको ३ सय रुपैयाँ सस्तिएर प्रतितोला  ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेको हो ।

तेजाबी सुनको मूल्यमा पनि ३ सय रुपैयाँ घटेको छ । यससँगै तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेको थियो । चाँदी तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?