ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उनका भतिजा निर्मल केसीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
अनुसन्धानमा ३९ वर्षीया गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको हो ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन ।
भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उनको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।
प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो । गोरखापत्रमा खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया