काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा जाँने निर्णयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला केन्द्रीय सदस्य विष्णु रिजालले गौतमको राष्ट्रियसभा यात्रालाई स्वाभाविक बनेका छन् ।
‘नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनमा आधा शताब्दी भन्दा लामो जीवन अर्पित गर्नुभएका, विभिन्न कालखण्डमा अरुलाई नेता बनाउन निर्णायक भूमिका खेल्नुभएका, पार्टी एकताका पहरेदार र नेकपाको चुनावी घोषणापत्रका मस्यौदाकार वामदेव गौतम राष्ट्रियसभामा जान थाल्दा आकाशै खसे जस्तो गर्नुको अर्थ बुझ्न सकिन्छ’, उनले सामाजिक सञ्जालमार्फत बनेका छन् ।
उनले केही नाच्दै–गाउँदै, गीत लेख्दै, म्युजिक भिडिओ बनाउँदै राष्ट्रियसभामा पुगेको त कोही श्रीमानले हारेपछि श्रीमती राष्ट्रियसभामा पुगेको भन्दै यस्तो नदेख्नेह? कहाँ थिए भन्दै आलोचकमाथि प्रश्न गरेका छन् ।
‘मानिसहरु नाच्दै–गाउँदै, गीत लेख्दै, म्युजिक भिडिओ बनाउँदै राष्ट्रियसभामा पुगेका छन्, विभिन्न मूलको पानी चाखेर हिँड्दै पनि पुगेका छन्, वडा सदस्य, नगर प्रमुख र प्रदेश सदस्यमा चुनाव हारेर राष्ट्रियसभामा पुगेका छन्, नाता–सम्बन्धका आधारमा पनि पुगेका छन् । श्रीमान्ले चुनाव हारिसकेपछि ‘मेरो घर खर्च चलेन’ भनेकै आधारमा श्रीमती ‘राष्ट्रिय कोटा’ बाट संसद्मा पुगेको पनि देखिएकै हो ।’, उनले भनेका छन्, ‘उहाँ (बामदेव) उपल्लो सदनमा जाँदा संविधानै भत्किन्छ भन्ने मित्रहरु यसअघि अरु जाँदा कता व्यस्ता हुँनुहुँदोरहेछ कुन्नि !’
सरकारले गौतमलाई राष्ट्रियसभामा छिट्टै लैजाने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया