कपनमा लुटपाट, ५ जना पक्राउ

काठमाडौं । राजधानीको कपनमा १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । सुन किनबेचका लागि भनेर पुगेका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । कपनको आनिगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेको प्रहरीले जनाएको छ ।

सो लुटपाटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका विष्णु थापा, जुगलका मेखबहादुर तामाङ, लामा गोले, आकाश स्याङ्वो र सर्लाहीका विशाल लामा छन् ।

सस्तोमा सुन बेच्ने प्रलोभनमा उनीहरुले सुन किन्न सो स्थानमा बोलाएर लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?