हाप्किडो च्याम्पियनसिपमा नुवाकोटका चार खेलाडीले जिते स्वर्ण

काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियन सिपमा आयोजकको टोली च्याम्पियन भएको छ ।

शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जिते । समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन् । दाङको टोली दोस्रो तथाकास्की तेस्रो भयो । दाङका चेतन वली र गोपाल बि.के.,कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जितेका थिए ।

प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दस हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँचहजार प्राप्त गरेको उनले जानकारी दिए । सहभागी सबै खेलाडीहरुले प्रमाणपत्र र मेडलप्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?