नेपालमा कोरोना भाईरस अपडेट : कहाँ कति थपिए संक्रमित र मृतक ? (विवरणसहित)

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

काठमाडौंमा ४१, ५९ र ६५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै पर्सामा ७५, महोत्तरीमा ७८ र रुपन्देहीमा ४० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैरी मोरङमा ४३, मकवानपुरमा ५२ र नवलपरासीमा ३७ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

आज १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४ सय ७५ नमुना परीक्षण भएकोमा देशभरी महिला ३ सय ४९ पुरुष ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय २६, भक्तपुर ४५ र ललितपुर ३७ जना संक्रमित थपिएका छन । यो सँगै आजसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

आज १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टाईनमा रहेका छन् ।

आज देशभरी सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन् ।

प्रदेश नम्बर १ मा ७ सय ९९, प्रदेश नम्बर २ मा ३ सय २५, बागमती प्रदेशमा ५ हजारु ८ सय ७५ र गण्डकी प्रदेशमा ८ सय ६० जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५, कर्णाली प्रदेशमा ३ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७२ जना गरी देशभरी ९ हजार ८ सय ६६ संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ४०, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ३१, बाग्मती प्रदेशमा २ हजार २ सय ४५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ९ सय ५२, कर्णाली प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशमा १ सय ५७ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ जना संक्रमित रहेका छन् ।

प्रदेश नम्बर १ मा ३ जना, प्रदेश नम्बर २ मा २८ जना, बाग्मती प्रदेशमा १ सय ८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा २० जना र कर्णाली प्रदेशमा ३ गरी देशभरी १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा १, बाग्मती प्रदेशमा २० र प्रदेश नम्बर ५ मा ३ जना गरी देशभरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

बितेको २४ घण्टामा कहाँ कति थपिए संक्रमित र मृतक स्वास्थ्य मन्त्रालयको ग्राफ विवरण हेर्नुहोस् : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?