ललितपुरमा ३७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ४०८ जना कोरोना संक्रमित मध्ये ३७ जना कोरोना संक्रमित ललितपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा आज (शनिवार) १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६० प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हिजो (शुक्रवार) १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?