नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २७ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २७ हजार १ सय २१ रहेको छ ।

कुल संक्रमित मध्ये ६० प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा २३४३ जना

प्रदेश २ मा ७८४२ जना

वाग्मती प्रदेश २३५१ जना

गण्डकी प्रदेशमा १७१७ जना

प्रदेश ५ मा ५२९७ जना

कर्णाली प्रदेशमा २८७९ जना

सुदूरपश्चिम प्रदेशमा ५२५८जना

त्यस्तै, नेपालमा आज (शनिवार) १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?