काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
- मुस्ताङ
- हुम्ला
- मुगु
- डोल्पा
- सोलुखुम्बु
- ताप्लेजुङ
नेपालमा आज (शनिवार) १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६० प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया