१४ जेष्ठ २०८०, आईतवार

विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या

२०७४,आश्विन,९,सोमवार ०८:४५

0
Shares

मोरङ, ९ असोज ।विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ ।मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यक भएपनि अहिलेसम्म सरकारले बजेट उपलब्ध गराउन सकेको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यक परेको हो ।सरकारले बजेट उपलब्ध गराउन आश्वासन दिएपनि अहिलेसम्म पठाउने कुनै चाँजोपाँजो नगरेको उक्त मिलका निर्देशक राजेन्द्र कार्कीले बताए । मिल सञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । विराटनगर जुट मिल पूर्णरुपमा सञ्चालन भए करिब चार हजार जनाले रोजगारी पाउने सम्भावना छ । सो मिलबाट दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ ।विराटनगर जुट मिल अहिले ऋणैऋणमा डुबेको छ । जुट मिललाई अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर रु तीन अर्ब २० करोड ऋण पुगेको छ । यी तमाम् समस्याका बीच सञ्चालक समितिले जुट मिललाई सञ्चालन गर्नका लागि अहिले मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ ।मिल सञ्चालनका लागि आएको प्रविधिक टोलीका एकजना प्राविधिक आमोद पोखरेलका अनुसार मिल मर्मतको काम अन्तिम चरणमा रहेकाले मंसिरदेखि मिल सञ्चालनमा आउने बताए । मुलुककै जेठो जुट मिल सञ्चालनका लागि पूर्व तयारीस्वरुप उपकरणको मर्मत जारी छ । मिलका मेसिन तथा पार्टपूर्जाको इन्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत शुरु गरेको हो ।मिलको मर्मत सम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपूर्जा मर्मत गर्नुपर्ने अवस्था छ । प्राविधिक टोलीले करिब दुई महिनामा मर्मतको काम सक्ने बताइएको छ । करिब रु १० करोड लागतमा आधुनिक पाटपूर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यक पर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ । तर आर्थिक समस्या रहेको जुट मिलका निर्देशक कार्की बताउनुहुन्छ । लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुट मिल फेरि सञ्चालनको तयारीमा छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०८:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९