काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा लाखौँ मानिसहरुको मृत्यु भईसकेको छ भने करोडौँ मानिसहरु यसबाट संक्रमित भएका छन् ।

हरेक दिन जसो हजारौँको ज्यान गईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् ।

यसैबीच विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीनको ह्यूमन ट्रायलको नतिजा राम्रो आएको बताइएको छ ।

रुसले गत महिना आफूले विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको थियो ।

जसलाई स्पूटनिक भी नामाकरण गरिएको छ । एक नयाँ स्टडीका अनुसार रुसको कोरोना भ्याक्सीनको ह्याूमन ट्रायलको नतिजा राम्रो आएको बताइएको छ ।

‘दि ल्यासिन्ट’मा शुक्रवार प्रकाशित एक रिपोर्टका अनुसार शुरुवाती स्टेजको एक नन रेन्डमाइज्ड भ्याक्सीन ट्रायलमा औषधिको नतिजा राम्रो आएको हो ।

भ्याक्सीका दुई फम्र्यूलेशनका ७६ जना मानिसमा ट्रायल पछि ४२ दिनमा सेफ्टी प्रोफइलको पत्ता लागेको थियो ।

साथै २१ दिनमा सबै भेन्टिलेटर्समा एन्टीबडीको रामो रेस्पोन्स देखिएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया