कोरोनाको नयाँ लक्षण फेला परेको वैज्ञानिकको दाबी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा नेपालसहित विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु अहोरात्र कोरोनाविरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् तर अहिलेसम्म ठूलो सफलता भने हात पर्न सकेको छैन ।

यसैबीच कोरोना भाइरसका नयाँ लक्षण देखा परेका छन् । क्वीन्स यूनिभर्सिटी बेलफास्टले हालै गरेको बच्चाको अध्ययनमा बच्चामा उल्टी हुने र खोकी लाग्ने पेटमा धेरै दुख्ने जस्ता लक्षण देखा परेको बताएको छ ।

कोरोनाको सामान्य लक्षण खोकी, स्वाद थाहा पाउन नसक्नु, तीव्र ज्वरो आदि थिए । बच्चाहरुलाई लिएर गरिएको ब्रिटिश वैज्ञानिकको यो अध्ययनबाट कोरोनाका लक्षणको सूची बढ्न सक्ने बताइएको छ ।

रिसर्चमा करिव एक हजार बच्चा सहभागी थिए । यो अध्ययन मेडरेक्सिमा प्रकाशित भएको छ । ९९२ बच्चामा ६८ को शरीरमा भाइरस एन्टीबडी देखिएको बताइएको छ ।

यस शोधका प्रमुख डा. टोम वाटरफील्डले भाइरसले बच्चाहरु धेरै बिरम ीभने नभएको बताएका छन् ।

उनले नयाँ लक्षणमा बान्ता र उल्टी थपिएको समेत जानकारी दिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?