काठमाडौं- ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव फेला परेको छ ।
चार दिनदेखि बेपत्ता केसीको शव ललितपुरको गोदावरी नगरपालिका – १० मुलडोल स्थित सामुदायीक वनमा शुक्रवार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जनाकारी अनुसार उनी भैंसेपाटीमा बस्दै आएकी थिईन् । घरबाटै हराएपछि गिताका परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएका थिए।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले आफन्त पर्ने एक युवकलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याईएको छ।
यस सम्बन्धमा थप विवरण आउन बाँकी छ । (pic : google)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया