कोरोना ‘भ्याक्सीन’ कुन देशमा कहिले आईपुग्ला ? ‘डब्ल्यूएचओ’ले दियो उत्तर !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने अहिलेसम्म हात पार्न सकेका छैनन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको भ्याक्सीन कहिलेसम्म कुन देशमा पुग्छ भन्ने बारेमा बताएको छ ।

डब्ल्यूएचओले २०२१ को मध्य सम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सीन विश्वका सबै देशमा पुग्ने बताएको हो ।

विश्व स्वास्थ्य संगठनकी चिफ साइन्टिस्ट डा सौम्या स्वामीनाथनले शुक्रवार एक प्रेस ब्रिफिंगमा यसको जानकारी दिएकी हुन् ।

उनले २०२१ को दोश्रो वा तेश्रो महिनासम्ममा विश्वका देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन पुग्ने बताएकी छन् ।

यी सबै कुरा गरिएका भ्याक्सीनको तेश्रो चरणको ट्रायल भईरहेको छ । ट्रायल पुरा भएपछि भ्याक्सीन ठूलो संख्यामा उत्पादन गर्न थालिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?