मन्त्री फेरबदलको चर्चाका बीच प्रधानमन्त्रीले दिए क्याबिनेट बैठकमा यस्तो निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उनले भने, “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।”
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्रीबाट निर्देशन भएको जानकारी दिए ,

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा मन्त्रिपरिषद् सदस्य डा युवराज खतिवडालाई धन्यवाद व्यक्त गरे । बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा खतिवडाले मुलुकको सेवा गर्ने अवसरप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गरे । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?