काठमाडौं । पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा मात्र ३८६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाको कारण ५ जनाको मृत्यु भएको छ । रसुवामा पहिलोपटक आज कोरोनाको कारण मृत्यु भएको हो । मन्त्रालयका अनुसार आज काठमाडौंमा तीन जना, चितवनमा एक र रसुवामा १ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।
त्यस्तै आज काठमाडौंमा ३८६ जना, काभ्रेपलान्चोकमा ७ जना, चितवनमा ८२ जना, दोलखामा २ जना, धादिङमा १९ जना, नुवाकोटमा ५ जना संक्रमित थपिएका छन् । भने भक्तपुरमा ३६ जना, मकवानपुरमा १८ जना, रसुवामा १ जना, रामेछापमा १३ जना, ललितपुरमा ३२ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया