बाग्लुङमा बाढीबाट भएको क्षतिप्रति नेकपा मालेद्वारा दुख व्यक्त

काठमाडौं । नेकपा मालेले भदौ १७ गते बुधवार राती आएको पहिरो र बाढीले बाग्लुङ जिल्लाको ढोरपाटन नगर पालिका ९ मा भएको क्षतिप्रति दुख ब्यक्त गरेको छ ।

महासचिव मैनालीले विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपदमा परेर मृत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेको छ । साथै सो पार्टीले सरकारसँग पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

उसले देशका विभिन्न स्थानमा बाढीले पु¥याउने क्षतिको सम्बन्धमा पूर्व अध्ययन र अनुमान गरी क्षतिको न्यूनिकरण गर्ने सम्बन्धमा समयमै कार्य गर्नध्यानाकर्षण गराएको छ ।

मालेले रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा ललितपुरमा सर्वसाधारण जनता र प्रहरी बीच भएको झडपप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । घटनालाई दुःखद भन्दै सरकारको गैरजिम्मेवार रवैयाप्रति खेद ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?