उपेन्द्रलाई चाहियो यस्तो मन्त्रालय

काठमाडौँ, २३ फागुन-काठमाडौँ, २३ फागुन- संघीय समाजवादी फोरमले सत्तापक्षसँग सहमतिपत्रमा हस्ताक्षर गरेपछि बढीमा दुई दिनभित्रै को–को मन्त्री बन्ने भन्ने विषयमा निर्णयमा पुगिने पनि बताएको छ। फागुन ३ मा प्रधानमन्त्री बनेका ओलीले फागुन १६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे पनि फोरमलगायत दल सरकारमा सहभागी गराउने छलफल चलिरहेकै कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। अन्नपूर्ण पोष्टले खबर छापेको छ ।फोरमलाई प्रधानमन्त्री ओलीले परराष्ट्र र संघीय मामिला मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका थिए। तर, फोरमले नीतिगत मन्त्रालयभन्दा विकासे मन्त्रालय दिएर आफूहरूलाई काम गर्ने मौका दिन आग्रह गर्दै आएको छ। सरकारसँगको सहमतिपछि फोरम अब २ मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा जानेछ।अध्यक्ष यादव नै सरकारमा सहभागी भए मर्यादाक्रममा दोस्रो वरीयता दिने तर उनले सरकारमा सहभागिता नजनाए मर्यादाक्रम तलमाथि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?